आँकडामा नेपाल भर्सेज इराक ! नेपालले अहिलेसम्म इराकलाई तिन गोल गर्न सफल

फुटबल

काठमाडौं : सन् २००७ को एएफसी एसियन कप च्याम्पियन तथा बिश्वकपको अनुभव समेत हासिल गरिसकेको इराकसँग नेपालले भोलि मैत्रीपुर्ण खेल खेल्दैछ । यो खेल इराकको बसरा अन्तराष्ट्रिय मैदानमा हुँदैछ । उक्त खेल अगाडि नेपाली कप्तान किण चेम्जोङले इराकसँगको खेल नेपालका लागि ठूलो अवसर र चुनौतिको रुपमा रहेको बताएका छन् ।

नेपाली टोलीले फिफा वरीयतामा नेपाल भन्दा माथिल्लो स्तरमा रहेको तथा एसियन च्याम्पियन समेत खेलिसकेको इराकसँगको खेल त्यति सजह नहुन नसक्छ । नेपालले अहिलेसम्म इराकबिरुद्ध तीन पटक प्रतिस्पर्धा गरेको छ । ति तीनै खेल इराकले ‘क्लिन स्विप’ गरेको छ। पछिल्लो पटक २००१ मा भएको विश्वकप छनोटमा इराकले नेपाललाई ४-२ गोलले पराजित गरेको थियो।

नेपालले इराकसँग खेलेका तिन खेलमा कुल १६ गोल खाएको छ भने मात्र तिन गोल फर्काउन सफल भएको छ । नेपालको लागि इराकबिरुद्ध २००१ विश्वकप छनोटमा निराजन रायमाझी २ तथा हरि खड्का १ गोल गर्न सफल भएका छन् । त्यस्तै इराकबिरुद्ध नेपालले भोगेको अहिलेसम्मकै सबैभन्दा ठुलो हार भनेको ९-१ को गोल अन्तर रहेको छ । जुन नेपालले २००१ विश्वकप छनोटमा भोगेको थियो ।

इराकसँग हेड टु हेड

खेल : ३
इराक जित : ३
नेपाल जित : ०

१९९२ एसियम गेम्स : नेपाल ३-० ले पराजित
२००१ विश्वकप छनोट : नेपाल ९-१ ले पराजित
२००१ विश्वकप छनोट : नेपाल ४-२ ले पराजित

इराकले गरेको गोल : १६
नेपालले गरेको गोल : ३

गोलकर्ता : निराजन रायमाझी -२, हरि खड्का -१

मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए । जहाँ उनले युवा खेलाडीलाई प्राथमिकता दिएका थिए । नेपालले विश्वकप छनोटअन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन तथा जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्रै बाँकी छ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ,अन्जन बिस्ट, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
11
+1
8
+1
5
+1
1
+1
11
+1
5

Leave a Reply

Your email address will not be published. Required fields are marked *