महिला भलिबलको प्रारम्भिक टोलीमा ३० खेलाडी छनोट, जगदीश भट्ट मुख्य प्रशिक्षक

भलिबल

काठमाडौं । फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि नेपाल भलिबल संघलेशुक्रबार ३० सदस्यीय राष्ट्रिय महिला भलिबलको प्रारम्भिक टोली घोषणा गरेको छ । जसमा पाँच वैकल्पिक खेलाडीसमेत राखिएको छ । यस पटक युवा र नयाँ खेलाडीहरुलाई समेत समेटिएको छ ।

टोलीमा आर्मीबाट सर्वाधिक ८ खेलाडी, न्यु डायमण्ड, पुलिस र एपीएफबाट समान ७-७ खेलाडी परेका छन् । यस्तै भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन् । यस्तै संघले प्रशिक्षकमा जगदिश भट्ट र म्यानेजरमा निरोज मास्केलाई चयन गरेको छ । एसियन महिला भलिबल च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ (भदौ १३ देखि २० गते) सम्म फिलिपिन्समा हुनेछ ।

३० सदस्यीय प्रारम्भिक टोली

त्रिभुवन आर्मी क्लब: कृपा अधिकारी,शान्ति थारु, सृष्टि खड्का,सुनिता खड्का, जानकी भण्डारी , सोफिया पुन, संगम महतो र सरस्वती जैसी नेपाल पुलिस क्लब: उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, कमला पुन, मनिषा चौधरी र शान्तिकला तामाङ नेपाल एपिएफ क्लब: सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, हिरा केसी, कविता भट्ट, उषा कुमारी विष्ट र पुजा चौधरी न्यू डायमन्ड: प्रतिभा माली, अरुणा शाही, वाल्मिका आचार्य, सलिना श्रेष्ठ, रिया कुँवर, झरना श्रेष्ठ र रिमा कुँवर भरतपुर: सरस्वती कट्टेल

वैकल्पिक खेलाडी: आरती सुवेदी (भरतपुर), पुष्पा शाही (ढोरपाटन), प्रगती नाथ (न्यू डायमन्ड), निशा चौधरी (भरतपुर) र पुष्पा चौधरी (नेपाल पुलिस क्लब)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
0
+1
1
+1
1
+1
0