नेपाल र इराकबिचको खेल आज, रंगशालामा दर्शकलाई प्रबेश निषेध

फुटबल

काठमाडौं । नेपालले आज इराकविरुद्ध इराककै बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्दैछ । दर्शक बिना हुने यो खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ । इराक फिफा वरियतामा नेपालभन्दा १०३ स्थान माथि छ ।

नेपाल र इराकबीच आज हुने खेल समग्मा चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ पटक एक आपसमा खेलेका छन् । तीनै खेलमा इराकले जितेको थियो । सन् १९ सय ८२ नोभेम्बर २३ मा इराक विरुद्धको पहिलो खेलमा नेपाल ३–० गोलले हारेको थियो । त्यसै गरि २ हजार १ अप्रिल १४ मा नेपाल इराकसँग ९–१ ले तथा तेस्रो भेटमा ४–२ ले पराजित भएको थियो ।

कुवेती प्रो लाईसेन्स प्राप्त नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले यसपटक नेपालका धेरै युवा खेलाडीलाई समेटेर टिमलाई औसत २३ वर्षको बनाएका छन् । उनले प्रतियोगिताका लागि ६ नयाँ खेलाडीलाई समेट्दै युवा टोली तयार पारेका छन् । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाल उतैबाट कुवेत जानेछ ।

एसियन कप समेत जितिसकेको इराक फिफा विश्वकप छनोटको नजिक रहेको छ । समूह ’सी’ बाट ५ खेल खेलिसकेको इराक ११ अंक सहित शीर्ष स्थानमा रहेको छ । यता, समूह ’बी’ मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ,अन्जन बिस्ट, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
8
+1
2
+1
2
+1
2
+1
12
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *