इराकबिरुद्ध खेल्नु अगाडि नेपाली प्रशिक्षकले भने : ‘इराकसँग नतिजा भन्दा पनि अनुभव बटुल्ने अवसर’

फुटबल

काठमाडौं । सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । यो खेल इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार राति सवा दश बजे देखि सुरु हुनेछ ।

खेल अगाडि प्रिम्याच कन्फ्रेन्समा बोल्दै नेपाली प्रसिक्षक अलमुताईरीले मैत्रीपुर्ण खेलका लागि आफूहरूको तयारी राम्रो भएको र उत्कृट प्रदर्शन गर्ने बताएका छन् । साथै नेपाली युवा टिमले अहिलेको समयमा रिजल्टभन्दा पनि उत्कृष्ट प्रदर्शनमा फोकस गरेको बताए ।

“यो खेल कुनै नतिजाका लागि भन्दा पनि हाम्रो युवा खेलाडीहरूले भरिएको टिमको लागि केही सिक्ने राम्रो अवसर हुनेछ । खेलाडीहरूले यो खेलबाट केही सिक्नेछन्  जसबाट भविष्यमा सुधार गर्ने तथा आफूले आफैँलाई मूल्यांकन गर्ने अवसर पनि हो । त्यसैले नतिजा हेर्ने भन्दा पनि हामीले आफैंलाई जान्ने र बुझ्ने अवसर हो। अलमुताईरीले भने ।

साथै नेपाली कप्तान किरण चेम्जोङ पनि प्रशिक्षकको भनाईमा सहमत छन् । किरणका अनुसार इराकसँग खेल्न पाउनु ठूलो अबवसर हो जसले विश्वकप छनोटमा बाँकी खेलका लागि फाईदा पुग्ने छ ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ,अन्जन बिस्ट, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
6
+1
2
+1
0
+1
0
+1
2
+1
0