इराकी स्पोट्सले नेपाल र इराकबिच हुने खेलको प्रत्यक्ष प्रसारण गर्ने

फुटबल

काठमाडौं । नेपालले इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल इराकको आइएमएन स्पोर्टको युट्युब च्यानलबाट लाइभ हेर्न पाईने भएको छ । यो खेल स्थानिय समयअनुसार साँझ ७:३० मा र नेपाली समयअनुसार आज राति १०:१५ बजे हुनेछ।

फिफा वरीयतामा इराक नेपालभन्दा १०३ औं स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १७१ औं स्थानमा छ । यता, नेपाल र इराकबीचको हालसम्मको नतिजा हेर्ने हो भने इराक हावी छ । नेपालले इराकसँग तीन खेल खेलेको छ । जसमा नेपाल पराजित छ ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ,अन्जन बिस्ट, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
7
+1
25
+1
7
+1
10
+1
7
+1
11
+1
8

Leave a Reply

Your email address will not be published. Required fields are marked *