आईपीएलका बाँकी खेल यूएईमा हुने

क्रिकेट

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका बाँकी खेल यूएईमा हुने भएको छ। इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आज बसेको विशेष बोर्ड बैठकले आईपीएलका बाँकी ३१ खेलहरु आउँदो सेप्टेम्बर र अक्टुबर महिनामा यूएईमा गराउने निर्णय गरेको हो।

भारतमा कोरोना महामारी कम हुँदै गए पनि मनसुनको कारण प्रतियोगिता युएईमा गर्ने बीसीसीआईले जारी गरेको प्रेस विज्ञप्तिमा बताएको छ । भारतमा महामारी बढ्दै गएपछि गएको मे ४ तारिखदेखि आईपीएलका खेल रोकिएका थिए । अघिल्लो सिजनको आईपीएल पनि यूएईमा सम्पन्न भएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *