बजेटबाट खेल क्षेत्रले के पायो ?

अन्य खेल फुटबल

काठमाडौं, जेठ १५ : सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि खेलकुद क्षेत्रको बजेट बढाएको । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन्। यो रकम चालु आर्थिक वर्षभन्दा ३८ करोड बढी हो ।

अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको बजेटमा पूर्वाधार निर्माण र प्रतिभावान खेलाडीको पहिचान गर्न, समूदाय स्तरबाटै खेलकुदलाई प्रोत्साहन गर्न सरकारले बजेट विनियोजन गरेको जानकारी दिए । यसैगरी ‘झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालनमा ल्याउन बजेट विनियोजन गरिएको छ भने लमही मूलपानी लगाएतका क्रिकेट रंगशालाका लागि पनि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।

‘मोरङको वैदनाथपुर, काठमाडौंको मूलपानी, दाङको लमही, रूपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।’ अर्थमन्त्री पौडेलले भने ।

यसैगरी पदक आउने खेलमा अन्तर्राष्ट्रिय सहभागीतामा विशेष ध्यान दिइने पनि बजेटमा उल्लेख छ । आगामी वर्ष सबै स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिने मन्त्री पौडेलले जानकारी दिए ।

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0