नेपाल र इराक बिचको मैतिपुर्ण फुटबल खेल सुरु ( लाईभ भिडियो सहित )

फुटबल

काठमाडौं । नेपाल र इराक बिचको मैतिपुर्ण फुटबल खेल इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा सुरु भएको छ । इराकविरुद्ध आज राति हुने मैत्रीपूर्ण फुटबल खेलमा नेपालका दुई खेलाडीले डेब्यु गर्दैछन् । डिफेण्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीले पहिलो पटक सिनियर टिममा खेल्न लागेका हुन् । ६ जना नयाँ खेलाडीसहित इराक पुगेका अब्दुल्लाहले मनिष डाँगी र गौतम श्रेष्ठलाई डेब्यू गराएका छन् । लाईभ भिडियो

फिफा वरीयतामा इराक नेपालभन्दा १०३ औं स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १७१ औं स्थानमा छ । यता, नेपाल र इराकबीचको हालसम्मको नतिजा हेर्ने हो भने इराक हावी छ । नेपालले इराकसँग तीन खेल खेलेको छ । जसमा नेपाल पराजित छ ।

इराकविरुद्ध नेपालको प्लेइङ ११ : किरण चेम्जोङ (कप्तान),गौमत श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, सुमन अर्याल, मनिष डाँगी, पुजन उपरकोटी, सन्तोष तामाङ, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, सुमन लामा लाईभ भिडियो

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ,अन्जन बिस्ट, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *