इराकविरुद्ध नेपालको फराकिलो हार

फुटबल

काठमाडाैं : इराकविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। इराकको बसरास्थित अल फेहा अन्तराष्ट्रिय मैदानमा राति भएको खेलमा नेपाल ६-२ गोलले पराजित भएको हो । खेलको सातौं मिनेटमा घरेलु टिमले अग्रता लिएको थियो। कप्तान खासिनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गरेकाे फ्रिकिक गोलरक्षक किरण चेम्जोङकाे टाउ माथिबाट गोल भएको थियो। तर, त्यसको एक मिनेटमै इराकी खेलाडी हमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपालले बराबरी गरेको थियो ।

खेलको ३० औं मिनेटमा डेब्यू खेलाडी मनिष डाँगीको गोलमा नेपालले खेलमा अग्रता लियो। इराकी डिफेन्डर र गोलकिपरलाई बिट गर्दै डाँगीले एकदमै सटिक प्रहारले जाली चुमेको थियो । २-१ ले पछि परेको ईराक ४० मिनेटमा खेलमा फर्कियो। मोहम्मद अब्दुल्लाहले कर्नरमा हेड गोल गर्दै खेल बराबरी गरे ।

अर्को मिनेटमा इराकले तेस्रो गोल गर्‍यो। अयमन हुसेनले तेस्रो गोल गरेका थिए। यस्तै पहिलो हाफको इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको अग्रता दोब्बर पारे। त्यसपछि दोस्रो हाफको ६७ र ७५औं मिनेटमा अलि अलशमारी र सज्जाद जसीमको गोलको मद्दतले इराकले ६–२ गोल अन्तरले मैत्रीपूर्ण खेल जितेको हो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *