एजेन्सी । म्यानचेस्टर सिटीलाई हराउँदै यस वर्षको युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ । पोर्चुगलमा गएराति भएको फाइनल खेलमा अर्काे इंलिस क्लब म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै चेल्सीले उपाधि जितेको हो ।
खेलको पहिलो हाफको ४२औं मिनेटमा मेसन माउन्टको पासलाई सिटीका गोलकिपर एडर्सनलाई छलाउँदै जर्मन खेलाडी काइ हाभर्ट्जले गोल निर्णायक गोल गरे । यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।
यसअघि चेल्सीले सन् २०१२ मा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। पहिलो पटक फाईनलमा पुगेको सिटी भने उपाधि जित्न असमर्थ रह्यो ।
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
1
+1
+1
+1