प्रशिक्षक अब्दुल्ला अलमुतारीले लिए हारको जिम्मेवारी

फुटबल

काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलमा हारको जिम्बेवारी नेपालका प्रशिक्षक अब्दुल्ला अलमुतारीले लिएका छन् । सामाजिक संजालमा एक भावुक पोष्ट गर्दै इराकसँग पराजयको जिम्बेवारी लिएका हुन् । ‘म सबै नेपालीसँग माफी माग्न चाहन्छु। हामीले राम्रो नतिजा निकाल्न सकेनौँ’ । ‘कुनै खेलाडीलाई केही नभनौँ। यो हारको लागि जिम्मेवार म मात्र हुँ।’प्रशिक्षक अलमुताइरीले गरेक फेबुक पोष्टमा भनेका छन् ।

साथै उनले प्रयाप्त अभ्यास गर्न नपाएको भन्दै दुखेसो गर्दै पराजयको कारण अभ्यास भएको बताएका छन्। ‘ यो मात्र १०/ १२ दिनको अभ्यास पछिको खेल हो। हामीले प्रयाप्त समय पाएनौ हामीलाई समय चहिन्छ र धैर्यता पनि उत्तिकै महत्वपूर्ण छ। केही समय पर्खनुस् सबै ठिक हुनेछ ।’’ खेलपछि उनले भने।

इराकसँगको मैत्रीपुर्ण खेलपछि नेपाली फुटबल टीम अब विश्वकप छनोट खेल्नका लागि आइतबार कुवेत जाँदैछ । त्यहाँ उसले चाइजिन ताइपेइसँग ३ जुन, जोर्डनसँग ७ जुन र अस्ट्रेलियासँग ११ जुनमा प्रतिस्पर्धा गर्दैछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
10
+1
11
+1
3
+1
2
+1
3
+1
1
+1
7
Tagged