वल्ड टेस्ट च्याम्पियनसिप फाईनलमा भारतल लगाउने नयाँ जर्सी सार्वजनिक

क्रिकेट

काठमाडौंः टेस्टको बिश्वकप अर्थात् विश्व टेष्ट च्याम्पियनशिपको फाइनल यहि जुन १८ देखि २२ सम्म इङ्ल्याण्डको साउथह्याप्टमा हुने छ । जहाँ भारत र न्युजिल्याण्ड आमने सामने हुनेछन् । भारत र न्युजिल्यान्डले विश्व टेष्ट च्याम्पियनशिपको अंक तालिकामा शीर्ष दुई स्थानमा रहँदै फाइनलमा स्थानमा बनाएका थिए।

भारतले दुई महिना अघि घरेलु मैदानमा इंग्ल्यान्डलाई चार टेष्ट सिरिज ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो। अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच वर्षको सुरुमा सिरिज स्थगित भएपछि न्यूजिल्याण्डको टीमले फाइनलमा स्थान पक्का गरेको थियो।

यसैबिच टेष्ट च्याम्पियनशिपको फाईनलमा भारतले लगाउने नयाँ जर्शीको फस्ट लुक सार्वजनिक भएको छ । भारतका अलराउण्डर रबिन्द्र जडेजा र चेतेश्वर पुजाराले आफ्नो इन्टाग्राम मार्फत भारतिय टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेका हुन् । भारतको यो जर्शीले नब्बेको दशकको याद दिलाउछ । त्यतिबेला भारतिय टिम यस्तै जर्शी लगाएर खेल्थ्यो ।

नयाँ जर्सी सार्वजनिक भएपछि फ्यानहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयलाई यो जर्सी असाध्धै मन परेको छ भने कतिले नयाँ जर्सीको आलोचना समेत गरेका छन् ।

भारतको टोली :

विराट कोहली (कप्तान), अजिक्या रहाने (उपकप्तान), ऋषभ पन्त (विकेटकिपर), रोहित शर्मा, सुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, हनुमा विहारी, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वासिन्टन सुन्दर, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शिराज, मोहम्मद शामी, शार्दूल ठाकुर, उमेश यादव, लोकेश राहुल र ऋद्धिमान शाह

न्यूजिल्याण्डको टोली :

केन विलियम्सन (कप्तान), विजे वाटलिङ (विकेटकीपर), रस टेलर, डेवन कोनवे, हेनरी निकोल्स, टम लाथम, डक ब्रासवेल, डारियल मिचेल, मिचेल सान्टनर, म्याट हेनरी, कोलिन डी ग्रान्डहोम, विल योङ, टम ब्लन्डल, कायल जेमिसन, निल वाग्नर, टिम साउथी, ट्रेन्ट बोल्ट, अजीज पटेल, ज्याकव डफी र सचिन रवीन्द्र।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *