ब्रेन्टफोर्ड पहिलोपल्ट इंग्लिस प्रिमियर लिगमा बढुवा

फुटबल

काठमाडौं । वेष्ट लण्डन क्लब ब्रेन्टफोर्ड पहिलोपल्ट शीर्ष डिभिजनको इंग्लिस प्रिमियर लिगमा बढुवा हुन सफल भएको छ । च्याम्पियनसिप प्लेअफ फाइनलमा शनिबार स्वान्सी सिटीलाई २–० ले पराजित गर्दै प्रिमियर लिगमा बढुवा भएको हो ।

ब्रेन्टफोर्डका जितका लागि १० औँ मिनेटमा इभान टोनीले पेनाल्टी मार्फत गोल गरे । यस्तै २० औं मिनेटमा इमिलियोनो मार्कोदेसले सानदार गोल थपे । ६५ औं मिनेटमा जय फुल्टनले रातो कार्ड पाएपछि स्वान्सी १० खेलाडीमा समेटिएको थियो ।

सन् १९४६–४७ को सिजनपछि ब्रेन्टफोर्डले आउँदो सिजन पहिलोपटक शीर्ष लिग खेल्ने भएको छ । अघिल्लो वर्षको प्लेअफ फाइनलमा ब्रेन्टफोर्ड फुलह्यामसँग २–१ ले पराजित भएको थियो ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0