सुटिङ खेलाडी कल्पनाले टोकियो ओलम्पिक खेल्ने

अन्य खेल

काठमाडौं : नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मीकी सुटिङ खेलाडी कल्पना परियारले जापानमा आयोजन हुने टोकियो ओलम्पिक खेल्ने भएकी छिन् । उनले ओलम्पिक वाइल्ड कार्ड प्राप्त गरेसँगै टोकियो ओलम्पिक खेल्ने निश्चित भएको हो।

टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो नेपाली खेलाडी कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ओलम्पिकमा सबै देशको सहभागिताका लागि छनोट पार नगरे पनि कतिपय खेलाडीलाई सिधैं छनोट (वाइल्ड कार्ड) गर्छ।

जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोकियो ओलम्पिकमा अहिलेसम्म कल्पनासँगै चार खेलाडीले सहभागिता जनाउने निश्चित भएको छ। सहभागी हुने अन्य तीन खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्की रहेका छन्।

सन् २०२१ मा भएपनि यो प्रतियोगितालाई टोकियो ओलम्पिक २०२० नै नामाकरण गरिएको छ। गत वर्ष नै हुनुपर्ने सो ओलम्पिक विश्वब्यापी कोरोना महामारीले सरेको हो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *