टाउको ढुंगामा ठोकिँदा घाइते भएका फुटबलर मोहनको उपचारमा आर्थिक अभाव

फुटबल

काठमाडौं, जेठ १३ : पौडी खेल्ने क्रममा टाउको ढुंगामा ठोकिँदा घाइते भएका फुटबलर मोहन तरामु मगरको उपचामरा आर्थिक अभाव भएको छ। मोहनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

सत्यवति गाउँपालिका – ३, ठुलोलुम्पेक स्थायी घर भई लामो समयदेखि तम्घासमा बस्दै आएका २६ बर्षीय तरामकोु शुक्रबार खोलामा पौडिने क्रममा टाउको ढुङ्गामा ठोकिएर टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । उनको अहिले छातीदेखि तलको भाग नचलेर अचेत जस्तै छन् ।

आर्थिक अवस्था कमजोर भएकाले उनको शल्यक्रियाका लागि रकम अभाव भएको छ। उनको उपचारमा सहयोग गर्न फुटबल समर्थकहरुले आर्थिक संकलन अभियान थालेका छन्।

मोहनका बुवा पुर्णबहादुर तरामुले अस्पताल भर्ना गरेर शल्यक्रियाको तयारीमा रहेको बताए । उनले भने, ‘छोरा बोल्दैन, अस्पतालले भर्ना गरेर शल्यक्रियाको लागि रकम मागेको छ । पैसा जुटाउन नसकेर केही भन्न सकेको छैन ।’ मोहनले गत सिजन रानीपोखी कर्नर टिम (आरसिटी) बाट बी डिभिजन खेलेका थिए । उनले श्री कुमारीबाट पनि बी डिभिजन लिग खेलेका छन्।

मोहनको उपचारमा सहयोग गर्न चाहनेहरुले सागर थापको नाममा एनएमबी बैंकमा रहेको खाता नं।०१७००५९९२१६०००११ मा रकम जम्मा गर्न सक्ने छन् । यस्तै, इसेवा आइडी ९८६७३२९७०९मा पनि रकम जम्मा गर्न सकिने छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
11
+1
2