रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडमा ल्याउने कोसिस

फुटबल

काठमाडौं : पाँचपटकका बालोन डी’ओर विजेता क्रिष्टियानो रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडले पुन: आफ्नो क्लबमा ल्याउने प्रयास गरिरहेको छ । इटालियन क्लब युभेन्टस छाड्ने संकेत गरेका रोनाल्डोला ल्याउने प्रयासमा युनाइटेड रहेको इङ्लिस मिडियाले उल्लेख गरेको छ । रोनाल्डोले यसअघि पनि युनाईटेडबाट खेलिसकेका छन् । उनि युनाइटेडबाट २००९ मा रियाल मड्रिड गएका थिए।

बेलायती सञ्चार माध्यमका अनुसार ३६ वर्षका रोनाल्डोलाई ल्याउनका लागि म्यानचेस्टर युनाइटेडले युभेन्टसलाई आफ्ना २८ वर्षे मिडफिल्डर पाउल पोग्बा दिने तयारीमा रहेको खबरमा उल्लेख छ । इटालियन पत्रिका गाजेट्ता डेलो स्पोर्टको दाबी अनुसार पोग्बा पाएमा रोनाल्डो दिन युभेन्टस पनि तयार रहेको छ।

तीन फरक क्लबका लागि १०० भन्दा बढी गोल गरेका रोनल्डोले जारी सिजनमा उनले युभेन्टसमा राम्रो प्रभाव देखाउन सकेनन्। केहि दिन अगाडी सामाजिक संजाल मार्फत उनले युभेन्टस छाड्ने संकेत गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
4
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *