इराकबाट स्थलमार्ग हुदै कुबेत प्रस्थान गर्‍यो नेपाली टिम, जुन ३ मा चाइनिज ताइपेईसँग खेल्ने

फुटबल

काठमाडौं। इराकसँग मैत्रीपूर्ण खेलपछि विश्वकप छनोटका खेल खेल्न नेपाली फुटबल टोली कुवेत प्रस्थान गरेको छ । नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार टिम इराकबाट करिब २ घन्टाको बस यात्रापछि कुबेत पुग्ने छ । हिजो भएको इराकबिरुद्धको मैतीपुर्ण खेलमा नेपाल ६-२ गोल अन्तरले पराजित गरेको थियो ।

नेपालले विश्वकप छनोटअन्तर्गत अब मात्र तीन खेल खेल्न बाँकी छ । यी तिनै खेल कुबेतमा हुनेछ । नेपालले जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन तथा जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ । नेपालको विश्वकपमा छनोट हुने सम्भावना भने गणितीय रुपमा मात्रै बाँकी छ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
11
+1
8
+1
5
+1
0
+1
1
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *