विश्वकप छनोटका बाँकी खेल खेल्न कुवेत पुग्यो नेपाली टिम ( फोटो फिचर )

फुटबल फोटो

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ। इराकमा एउटा मैत्रिपूर्ण खेल खेलेपछि टोली गएराति स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको हो ।

नेपाली टिम इराकबाट स्थलमार्ग हुँदै कुवेत गएका हुन्। उनीहरुको कुवेत पुगे लगत्तै नेपाली टिम कोरोना भाईरसको पीसीआर टेष्ट गरिएको छ। विश्वकप छनोटको तयारीका लागि नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो।

कुवेतमा नेपालले छनोट चरणका तीन खेल खेल्नेछ । जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनौटको एशियाली समूह ‘बी’ मा रहेको नेपालको अर्को चरणमा पुग्ने संभावना सकिसकेको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
3
+1
0
+1
0
+1
2
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *