पत्रकार र मिडियालाई बहिष्कार गर्ने ओसाकालाई ग्राण्डस्लामबाटै निष्कासन गर्ने चेतावनी

टेनिस

काठमाडौं, जेठ १७ : पत्रकार र सञ्चारमाध्यमलाई बहिष्कार गरेकी विश्व नम्बर २ जापानकी स्टार टेनिस खेलाडी नाओमी ओसाकालाई फ्रेन्च ओपन र भविश्य सबै ग्राण्डस्लामबाट निष्कासन गर्ने चेतावनी आयोजकले दिएको छ ।

फ्रेन्च ओपनमा पहिलो चरणको जितपछि संचारमाध्यमसँग कुरा नगरेका कारण उनलेलाई १५ हजार अमेरिकी डलर जरिवाना गरिएको छ। मिडियासँग कुरा नगर्ने कार्यलाई निरन्तरता दिएमा उनलाई चारै ग्राण्डस्लाम प्रतियोगिताबाट निलम्बन गर्न सकिनेसम्मको चेतावनी फ्रेन्च टेनिस महासंघका अध्यक्ष गिल्स मेरेट्टोनले दिएका छन् ।

जापानकी ओशाकाले गएको हप्ता खेलपछिको अन्तर्वार्ता नदिने र त्यसको कारण आफ्नो मानसिक स्वास्थ्य रहेको बताएकी थिइन् । उनले जितलगत्तै कोर्टबाटै टेलिभिजनमा भने प्रतिक्रिया दिएकी थिइन्। ‘अझै राम्रो गर्न सक्छु भन्ने आशा छ। यो कोर्ट निकै राम्रो छ। मैले यहाँ दुई खेल मात्र खेलेको छु। यस पटक राम्रो गर्नेमा विश्वस्त छु’, ओसाकाले भनिन्।

ओसाका सबैभन्दा धेरै कमाउने महिला खेलाडी हुन्। उनले पछिल्लो १ वर्षमा ५० मिलियन डलर (पाँच अर्ब रुपैयाँ बढी) कमाएकी छिन् । ओसाकाका यो कमाई टेनिस कोर्ट बाहिरको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *