हैदरावादमाथि पञ्जावको १२ रनको रोमाञ्चक जित

क्रिकेट

काठमाडौं । युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स ११ पञ्जावले हैदरावादमाथि १२ रनको रोमाञ्चक जित निकालेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको १२७ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले १९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११४ रन बनाउन सक्यो।

हैदरावादका लागि डेविड वार्नरले ३५ रन बनाए भने विजय शंकरले २६ रन बनाए । त्यस्तै जोनी बैरस्ट्रवले १९, मनिष पाण्डेले १५ रन बनाए । हैदरावादका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन । पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३/३ विकेट लिए । त्यस्तै मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन जोडेको थियो। पन्जाबका लागि निकोलस पुरनले अविजित रहदै सर्वाधिक ३२ रन बनाए । यस्तै कप्तान केएल राहुलले २७ रन जोड्दा क्रिस गेलले २० रन बनाए । मन्दिप सिंह १७ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्ने सकेनन् ।

बलिङतर्फ हैदराबादका लागि सन्दीप शर्मा, जेसन होल्डर र राशिद खानले समान दुई/दुई विकेट लिए । यस जितसँगै पन्जाब ११ खेलबाट १० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । यता समान खेल खेलेको हैदरावादको भने यो सातौ हार हो । चार खेल जितेको हैदरावादको ८ अंक छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *