यी हुन् नेपाली टिमले कुबेतमा खेल्ने तिन खेल ( मिति र समय सहित )

फुटबल

काठमाडौँ : फिफा विश्वकप छनौट र एसिया कप छनोट २०२३ का बाँकी खेलका खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ । नेपाली टोली आइतबार साँझ करिब २ घण्टाको स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको हो ।

विश्वकप छनोटको तयारीका लागि नेपालले शनिबार फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो। कुवेतमा नेपाली टोलीले विश्वकप छनोट र एसिया कप छनोटको बाँकी ३ खेल खेल्नेछ ।

जसमा पहिलो खेल जुन तीन चाइनिज ताइपेई, जुन सातामा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । तीनै खेल नेपाली समय अनुसार राती पौने १० बजेबाट सुरु हुनेछन । विश्वकप छनौटको एशियाली समूह ‘बी’ मा रहेको नेपालको अर्को चरणमा पुग्ने संभावना सकिसकेको छ ।

नेपाली टोलीले विश्वकप छनोटमा खेल्ने खेलहरु

जेठ २० गते : नेपाल भर्सेज चाइनिज ताइपेई
जेठ २५ गते : नेपाल भर्सेज जोर्डन
जेठ २८ गते : नेपाल भर्सेज अस्ट्रेलिया

स्थान : कुबेत समय : ९:४५ बजे देखि सुरु

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
10
+1
3
+1
6
+1
7
+1
3
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *