कोरोनाको कारण कोपा अमेरिका अर्जेन्टिनामा पनि नहुने

कोपा अमेरिका फुटबल

काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिता अर्जेन्टिनामा प्रतियोगिता आयोजना नगरिने भएको हो । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले अर्जेन्टिनामा बढ्दै गएको कोरोना संक्रमणका कारण त्यहाँ कोपा अमेरिका आयोजना गर्न नसकिने जनाएको छ ।

‘कन्मेबलले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अर्जेन्टिनाबाट कोपा अमेरिका स्थगित गर्छ,’ फेडेरेसनको ट्वीटमा भनिएको छ, ‘फेडेरेसनले प्रतियोगिता गराउन इच्छुक अन्य देशहरुको विश्लेषण गरिरहेको छ। महासंघको यो निर्णयपछि प्रतियोगिताको आयोजनाबारे अन्योल छाएको छ ।

यसअघि प्रतियोगिता अर्जेन्टिना र कोलम्बियाले जुन १३ बाट संयुक्त रूपमा गर्ने तय भएको थियो । तर, कोलम्बियामा राष्ट्रपतिविरुद्ध प्रदर्शनका कारण आयोजकबाट यसअघि नै हटाइएको थियो । अब कोपा अमेरिका प्रतियोगिता चिली वा अमेरिका मध्ये एक मा हुने सम्भावना छ ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेका थियो । आयोजनास्थल परिवर्तन भएपछि खेल तालिका पनि परिवर्तन हुने सम्भावना बढेको छ । सन् २०२० मै हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण १ वर्ष पछाडि धकेलिएको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged