कुबेत पुगेको नेपाली टिमको कोरोना रिपोर्ट नेगेटिभ

फुटबल

काठमाडौं । इराकसँग मैत्रिपुर्ण खेलपछि बिश्वकप छनौटका बाँकी खेल खेल्न कुबेत पुगेको नेपाली टिमको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

नेपाली टिम गएराति इराकबाट स्थलमार्ग हुदै कुवेत पुगेको थियो । त्यसपछि टोलीका सबै ३५ सदस्यले पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । केहिब अगाडि नेपाली टोली र अफिसियल सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

कुवेतमा नेपाली टोलीले विश्वकप छनोट र एसिया कप छनोटको बाँकी ३ खेल खेल्नेछ । जसमा पहिलो खेल जुन तीन चाइनिज ताइपेई, जुन सातामा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *