मुम्बई इन्डियन्स आईपीएलको प्लेअफमा

क्रिकेट

काठमाडौं , १३ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफ नजिक पुगेको छ । आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो।

शेख ज्यायद स्टेडियममा बैंगलोरले मुम्बईलाई जितका लागि दिउको १६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इशान किसनले २५ रन जोड्दा क्विनटन डी ककले १८ रन जोडे । हार्दिक पाण्डय १७ रनमा आउट हुँदा कुर्नाल पाण्डयले १० रन बनाए । बलिङतर्फ बैंगलोरका लागि युजबेन्द्र चहल र मोहम्मद सिराजले समान दुई/दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । बैंगलोरका लागि ओपनर देबदुत पडीकलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोस फिलिपले ३३, एबी डी भिलियर्सले १५, गुर्किरात सिंहले अविजित १४, वासिङ्गटन सुन्दर १० रनमा अविजित रहे भने कप्तान विराट कोहली ९ रनमा आउट भए । बलिङमा मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राखेर १४ रन मात्र दिए।

यस जितसँगै मुम्बईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो । जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । आठौं जित निकालेको मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ । बैंगलोरले भने १२ खेलमा १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ । एजेन्सी

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0