मिडियासँग नबोल्दा जरिवना लागेपछी ओसाकाले गरिन् फ्रेन्च ओपन बहिस्कार

टेनिस

काठमाडौँ : विश्व वरीयतामा दोस्रो स्थानमा रहेकी जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस बहिस्कार गरेकी छिन् । मिडियासँग कुरा नगरेका कारण आयोजकबाट चेतावनी खेप्नु परेपछि ओसाकाले जारी फ्रेन्च ओपन बीचैमा छाड्ने निर्णय गरेकी हुन्।

२३ वर्षीया ओसाकाले आफ्नो ट्विटरमार्फत एक सन्देश सार्वजनिक गरी प्रतियोगिताका बाँकी खेलमा सहभागी नहुने जानकारी दिएकी छिन् । ‘सन् २०१८ मा पहिलोपल्ट ग्राण्डस्लाम जितेयता लामो समयदेखि डिप्रेसनकाे सामना गरिरहेकी छु ।’ मलाई लाग्छ की अन्य खेलाडी र मेरो भलाइका लागि म यो प्रतियोगिताबाट हटौँ, जसका कारण पेरिसमा चलिरहेको टेनिसमा अरुले ध्यान लगाउन सकुन्’।ओसाकाले भनेकी छन् । उनले आफूले चोट पुर्याएको मा पत्रकारहरुसँग माफी मागेकी छिन् ।

जापानी टेनिस स्टार नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिसको पहिलो खेलमा सफलता हात पारेकी थिइन्।। आइतबार भएको खेलमा विश्व नम्बर दुई ओसाकाले रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई ६–४, ७–६ (७–४) पराजित गरिन्। खेल पछी पोस्ट् म्याच कन्फरेन्समा सहभागी नभएको भन्दै उनलाई १५ हजार अमेरिकी डलर जरिवाना गरिएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *