सर्जियो अग्युरो बार्सिलोनामा अनुबन्धित

फुटबल

काठमाडौं । अर्जेन्टिना एवम् म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर सर्जियो अग्युरो आगामी सिजनदेखि स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका छन्। बार्सिलोनाले सोमबार अगुएरोलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

सिजनको अन्त्यसँगै सिटीसँगको सम्झौता सकिएपछी ३२ वर्षीय अगुएरोलाई बार्सिलोनाले सोमबार क्लब भित्र्याएको हो। बार्सिलोनासँग दुई-वर्षे सम्झौता गरेका अगुएरो २०२३ सम्म बार्सिलोनामा रहनेछन्।

अग्युरोले म्यानचेस्टर सिटी १० वर्ष बिताए । अगुएरो १० वर्षअघि स्पेनकै एट्लेटिको मड्रिडबाट सिटी पुगेका थिए । अग्युरोले सिटीमा रहँदा १५ मुख्य उपाधि जितेका थिए। म्यानचेस्टर सिटीका लागि उनी सर्वाधिक गोलकर्ता बने।
उनले म्यानचेस्टर सिटीको ३९० खेलमा २६० गोल गरेका छन् ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged