कुबेतमा नेपालले खेल्ने ३ वटै खेलको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने

फुटबल

काठमाडौं । विश्वकप छनोट र एसिया कप छनोटमा नेपालले खेल्ने खेलको टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएको छ । कुबेतमा नेपालले खेल्ने ३ वटै खेलको नेपालमा कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । जसमा पहिलो खेल जुन तीन चाइनिज ताइपेई, जुन सातामा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग हुनेछ । यी तीनै खेल नेपाली समय अनुसार राती पौने १० बजेबाट सुरु हुनेछन ।

प्रत्यक्ष प्रशारणका लागि अखिल नेपाल फुटबल संघ एन्फा र कान्तिपुर टेलिभिजनबीच मंगलबार सम्झौता भएको छ। कान्तिपुर टेलिभिजनका बजार प्रमुख गौरी दाहाल र एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

विश्वकप छनौटको एशियाली समूह ‘बी’ मा रहेको नेपालको अर्को चरणमा पुग्ने संभावना सकिसकेको छ । विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ । समूह बी मा रहेको नेपाल तीन अंक जोड्दै चौथो स्थानमा छ । सोही समूहमा रहेको चाइनीज ताइपेइ अङ्कबिहीन छ ।

समूहको शीर्ष स्थानमा १२ अंकका साथ अस्ट्रेलिया छ भने दोस्रो स्थानमा १० अंकसहित कुवेत रहेको छ । यस्तै १० अंकका साथ जोर्डन तेस्रो स्थानमा छ । विश्व फुटबल महासंघ (फिफा)को बरियतामा अष्ट्रेलिया ४१औं स्थानमा, जोर्डन ९५औं, चाइनिज ताइपेइ १४१औं तथा नेपाल १७१औं स्थानमा छ ।

नेपाली टोलीले विश्वकप छनोटमा खेल्ने खेलहरु

जेठ २० गते : नेपाल भर्सेज चाइनिज ताइपेई
जेठ २५ गते : नेपाल भर्सेज जोर्डन
जेठ २८ गते : नेपाल भर्सेज अस्ट्रेलिया

स्थान : कुबेत समय : ९:४५ बजे देखि सुरु
प्रत्यक्ष प्रशारण : कान्तिपुर टेलिभिजन

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
32
+1
1
+1
12
+1
3
+1
4
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *