घाइते फुटबलर मोहन तरामुको उपचारमा नेपाली टिमका मिडफिल्डर रोहित चन्दले गरे आर्थिक सहयोग

फुटबल

काठमाडौं : केहिदिन अगाडि हामी पौडी खेल्ने क्रमटाउको ढुंगामा ठोकिँदा घाइते भएका फुटबलर मोहन तरामु मगरको उपचारमा आर्थिक अभाव भएको खबर प्रकाशित गरेका थियौ । मोहनको ग्रान्डी अस्पतालमा उपचार भइरहेपनि । आर्थिक अवस्था कमजोर भएकाले उनको शल्यक्रिया हुन सकेको छैन ।

यसैबिच राष्ट्रिय फुटबल खेलाडी रोहित चन्दले मोहन तरामुको उपचारको लागि १५ हजार आर्थिक सहयोग गरेका छन् । रोहितका भाई रबिन्द्र चन्दले मोहनको परिवारलाई उक्त रकम उपलब्ध गराएका हुन् । रोहित अहिले नेपाली टोलीसँग बिश्वकप छनोट खेल्न कुबेतमा छन् । यसअधि नेपाल सुपर लिगले समेत मोहनको उपचारको लागि १ लाख रुपियाँ सहयोग गरेको थियो ।

मोहनको उपचारमा सहयोग गर्न फुटबल समर्थकहरुले आर्थिक संकलन अभियान थालेका छन् । सत्यवति गाउँपालिका – ३, ठुलोलुम्पेक स्थायी घर भई लामो समयदेखि तम्घासमा बस्दै आएका २६ बर्षीय तरामको शुक्रबार खोलामा पौडिने क्रममा टाउको ढुङ्गामा ठोकिएर टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । उनको अहिले छातीदेखि तलको भाग नचलेर अचेत जस्तै छन् ।

मोहनले गत सिजन रानीपोखी कर्नर टिम (आरसिटी) बाट बी डिभिजन खेलेका थिए । उनले श्री कुमारीबाट पनि बी डिभिजन लिग खेलेका छन्। मोहनको उपचारमा सहयोग गर्न चाहनेहरुले सागर थापको नाममा एनएमबी बैंकमा रहेको खाता नं।०१७००५९९२१६०००११ मा रकम जम्मा गर्न सक्ने छन् । यस्तै, इसेवा आइडी ९८६७३२९७०९मा पनि रकम जम्मा गर्न सकिने छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
8
+1
5
Tagged