नेपालले सहजै टि-२० र वनडे बिश्वकप खेल्न पाउँने, आईसिसिले बढायो बिश्वकप खेल्ने टिमको संख्या

क्रिकेट

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ले एकदिवसीय र टी-२० विश्‍वकपमा सहभागिता जनाउने टोलीको संख्या बढाउने भएको छ । आईसीसीले एक दिवसीय विश्वकपमा १४ देश र टी–ट्वेन्टी विश्वकपमा २० देशले खेल्न पाउने निर्णय पारित गरेको हो ।

पछिल्लो समय प्रतिस्पर्धात्मक बनाउन विश्वकपमा १० टिमलाई मात्र सहभागि गराइएको थियो । नयाँ संरचनासहितको नियम एकदिवसीय क्रिकेटमा सन् २०२७ र टी–ट्वान्टीमा सन् २०२४ देखि नै लागु हुने आईसीसीले जनाएको छ।

आईसीसीको नयाँ नियमसँगै नेपाल जस्ता एसोसिएट देशले दुवै फर्म्याटका विश्वकप खेल्न पाउने सम्भावना बढेको छ । टी-२० विश्‍वकप दुई-दुई वर्षको अन्तरमा हुने छ भने एकदिवसीय विश्‍वकप चार-चार वर्षको अन्तरमा हुने छ ।

यस्तै सन् २०१७ देखि रोकिएको च्याम्पियन्स ट्रफी पनि पुन: सुरु गर्ने आईसीसीले जनाएको छ । च्याम्पियन्स ट्रफी पनि चार-चार वर्षको अन्तरमा हुने छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
25
+1
6
+1
9
+1
2
+1
5
+1
1