आइसीसी बरियतामा नेपालकी सिता रानामगर ९० औं स्थानमा यथावत

क्रिकेट

काठमाडाैं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले जारी गरेको महिलाको नयाँ बरियतामा नेपाली खेलाडी सिता रानामगर ९० औं स्थानमा यथावत रनु भएको छ । आइसीसीले मंगलबार जारी गरेको टी ट्वान्टीको नयाँ बरियतामा सिता अघिल्लो बरियतामा नै यथावत रहनु भएको हो ।

महिलाको विश्व बरियतामा नेपालबाट पर्ने सिता एक्लो खेलाडी हुनुहुन्छ । बाँया हाते ब्याट्सम्यान सिताले दक्षिण एशियाली खेलकुद खेलपछि अन्तराष्ट्रिय क्रिकेट नखेलेपनि बरियतामा पर्न सफल हुनु भएको हो ।

महिलाको बरियताको ब्याटिङमा भारतीय खेलाडी सेफाली बर्मा पहिलो अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, मेग लानीङ तेस्रो र भारतीय स्मृती मन्धाना चौथो स्थानमा हुनुहुन्छ । यस्तै टी २० को बरियतामा नेपाल १४ औं स्थानमा यथावत रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0