युरोकपका लागि इङ्ल्यान्डको २६ सदस्यीय टिमको घोषणा

फुटबल

काठमाडौं : आसन्न युरोकप फुटबलका इङ्ग्ल्यान्डले २६ सदस्यीय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार प्रारम्भिक चरणमा रहेका ३३ खेलाडीबाट युरोकप खेल्ने २६ टिमको घोषणा गरेका हुन् ।

इङ्ल्यान्डको टोलीमा म्यानचेष्टर युनाईटेड र म्यानचेष्टर सिटीका ४–४ खेलाडी परेका छन् । बोरुसीया डर्टमण्ड, एभर्टन, चेल्सी र लिभरपुलका समान २ खेलाडी परेका छन् ।

युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ । युरोकपमा इङ्ल्यान्ड समूह ‘डी’ मा रहेको छ । जुन १३ मा क्रोएसियासँग खेल्दै इङ्ल्यान्डले युरोकप फुटबलको यात्रा सुरु गर्नेछ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0