ताइपेईविरुद्ध भोली जित्‍ने गरी खेल्छौं : प्रशिक्षक आल्मुताइरी

फुटबल

काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले चाइनिज ताईपेईविरुद्धको सामना गर्दा आफ्नो उद्देश्य जित हुने बताएका छन् । बुधबार आयोजित भर्चुअल प्रि–कन्फ्रेन्समा उनले भने ‘कुवेतको मौसममा खेल्न नेपाल र चाइनिज ताइपेयी दुवै टिमलाई सजिलो हुने छैन । हामीले छनोटको आफ्नो समूहमा चौथो स्थानमा रहन चाहन्छौं । यसले एसिया कप छनोटको बाटो बलियो बनाउन चाहन्छौं ।

त्यसैले भोलिको खेलमा हामी जित्नका लागि खेल्नेछौं ।’ उनले आफ्ना युवा खेलाडीलाई संयमित भएर खेल्न पनि सुझाव दिए । उनले नेपाली टोलीले धेरैवटा मैत्रीपूर्ण खेलहरु नखेलेकाले कठिन हुनसक्ने बताएका हुन्। ‘हामीले धेरै मैत्रीपूर्ण खेलहरु खेलेका छैनौं। हामीसँग युवा तर ट्यालेन्टेड खेलाडीको टिम छ। तर उनीहरुलाई प्रेसर दिने अवस्था छैन,’ अलमुताइरीले भनेका छन्।

‘हामीलाई यहाँको मौसमसँग घुलमिल हुन कठिनाइ भइरहेको छ। त्यसैले हाम्रो सबैभन्दा ठूलो चुनौती यहाँको मौसम हो,’ उनले भने, ‘देशबाहिर रहेका हाम्रा मुख्य खेलाडीहरु कोभिड महामारीका कारण टिममा आउन सकेनन्। मलाई विश्वास छ नयाँ खेलाडीहरुले यो अवसरको सदुपयोग गर्नेछन् र आफूलाई प्रमाणित गर्नेछन्।

नेपाल र ताइपेईबीच भोलि बिहीबार नेपाली समयअनुसार राति ९:४५ बजे बजे कुवेतको अल-हमाद अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा हुनेछ। खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभीले प्रत्यक्ष प्रसारण गर्दैछ ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
1
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *