‘कुवेतको मौसम मुख्य चुनौती’ : प्रशिक्षक अब्दुल्लाह अलमुताइरी

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ताइपेसँगको खेलमा मौसमका कारण नेपाली टोलीलाई सहज नहुने बताएका छन् । ताइपेइसँगको खेल अघि बुधबार भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै अलमुताइरीले कुवेतको गर्मी मौसममा खेल्न त्यति सहज नरहेको बताएका हुन्।

“नेपाली टोलीका लागि मौसम बाधक बन्न सक्छ । तर, हामी सम्हालिएर खेल्नेछौ. । उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा ल्याउने हाम्रो योजना हुनेछ,” प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताइरीले भने ।

“नेपाली टोलीका लागि मौसम बाधक बन्न सक्छ । तर, हामी सम्हालिएर खेल्नेछौ. । उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा ल्याउने हाम्रो योजना हुनेछ,” प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताइरीले भने ।

नेपाली टिम सन्तुलित भएको बताउँदै उनले नेपाल रक्षापंक्ति र अग्रपंक्तिमा राम्रो भएको बताए। ‘हाम्रा मुख्य खेलाडी र विदेशमा खेलिरहेका खेलाडी कोभिडको कारण टिममा छैनन्। नयाँ खेलाडीले आफूलाई प्रमाणित गर्ने आसा गरेको छु,’ उनले भने।

फिफा वरीयताको एक सय ४१ औँ स्थानमा रहेको चाइनिज ताइपेई र एक सय ७१ औँ स्थानमा रहेको नेपाल अहिलेसम्म दुई पटक आमनेसामने भएका छन् । एक खेलमा बराबरी नतिजा निकालेको छ भने एक खेलमा जित निकालेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged