कस्तो छ नेपालसँग भिड्न लागेको चाईनिज ताईपेको टिम ? नेपालभन्दा कति बलियो ?

फुटबल

काठमाडौं, जेठ १९ : सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरणमा नेपालले आफ्नो पहिलो खेल बिहीबार आफ्नै स्तरको टिम चाइनिज ताइपेईसँग खेल्दैछ।

विश्वकप छनोटमा नेपालले चार खेलमा हार बेहोर्दा एक खेलमा जित हात पारे थियो। सो जित ताइपेईविरुद्ध थियो। १० सेप्टेम्बर २०१९ मा ताइपेईमा भएको खेलमा नेपालले घरेलु टिमलाई २-० गोलले पराजित गरेको थियो। भोलि (बिहीबार) चाइनिज ताइपेसँग अरेबियन मुलुक कुवेतको राजधानी कुवेत सिटीमा हुने खेल खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

चाइनिज ताइपेइ टिम

कोरोना भाइरसको संक्रमण सुरू भएपछि ताइपेईले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन। त्यसअघि ताइपेईले विश्वकप छनोटमा खेलेका पाँचै खेलमा हार बेहोरेको थियो। छनोटमा ताइपेई जोर्डनसँग २-१, नेपालसँग २-०, अस्ट्रेलियासँग ७-१, कुवेतसँग ९-० र जोर्डनसँग दोस्रो खेलमा ५-० ले पराजित भएको थियो।

पछिल्ला पाँच खेलमा उसले २५ गोल खाँदा २ गोल गर्न सकेको छ। त्यसअघि ११ जुन २०१९ मा हङकङसँग खेलेको मैत्रीपूर्ण खेलमा भने उसले २-० को जित हात पारेको थियो। चाइनिज ताइपेइको फुटबल फेडेरेसनले सन् १९५४ मा फिफा र एएफसीको मान्यता पाएको थियो। सन् १९६० को एसियन कपमा तेस्रो हुनु ताइपेइको सबैभन्दा माथिल्लो उपलब्धि हो। यद्यपि फुटबलमा पनि चीनसँगको द्वन्द्वले ताइपेइलाई सताइरह्यो।

फिफा वरीयतामा सन् २०१८ मा १२४ औं स्थानमा पुग्नु ताइपेइको माथिल्लो उपलब्धि हो। जतिबेला ताइपेइमा इङ्ग्लिस प्रशिक्षक ग्यारी ह्वाइट थिए। नेपालसँग ताइपेइले यसअघि दुईपटक प्रतिस्पर्धा गरेको छ। जसमा एक खेलमा खेल बराबरी खेलेको थियो भने अर्को पराजय ब्यहोरेको थियो। कुवेतमा ताइपेइ नेपाल, जोर्डन र अस्ट्रेलियासँग खेल्नेछ।

ताइपेइका पछिल्ला ११ खेल

ताइपेइ भर्सेस जोर्डन ५-० (पराजय)
ताइपेइ भर्सेस कुवेत ९-० (पराजय)
ताइपेइ भर्सेस अस्ट्रेलिया ७-१ (पराजय)
ताइपेइ भर्सेस नेपाल २-० (पराजय)
ताइपेइ भर्सेस जोर्डन १-२ (पराजय)
ताइपेइ भर्सेस हंङकङ २-० (जित)
ताइपेइ भर्सेस नेपाल १-१ (बराबरी)
ताइपेइ भर्सेस सोलोमन आइल्याण्ड ०-१ (पराजय)
ताइपेइ भर्सेस म्यानमार ०-० (बराबरी)
ताइपेइ भर्सेस नर्थ कोरिया २-० (पराजय)
ताइपेइ भर्सेस मंगोलिया २-१ (जित)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
10
+1
4
+1
19
+1
7
+1
7
+1
4