क्रिकेट गतिविधि अनिश्चित समयको लागि स्थगित

क्रिकेट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयको लागि स्थगित गरेको छ ।

क्यानले हिजो एक सूचना जारी गर्दै कोराना भाइरसको जोखिम नियन्त्रणको लागि अर्को सूचना नआएसम्म क्रिकेटका सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

क्यानले केन्द्र, प्रदेश र जिल्लाको सचिवालय समेत बन्द गरिएको जनाएको छ ।

विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि क्यानले सम्पूर्ण गतिविधि बन्द गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *