नेपाल र ताइपेईबीचको खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने

फुटबल

काठमाडौँ । नेपालले आज विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्ध खेल्दै छ । कुवेतको जाबेर अल–हमाद अन्तर्राष्ट्रिय रंगशालामा रति ९ बजेर ४५ मिनेट जादा खेल शुरु हुने यो खेलको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ।

प्रत्यक्ष प्रसारणका लागि अखिल नेपाल फुटबल संघ ‘एन्फा’ र कान्तिपुर टेलिभिजन बिच सम्झौता भएको छ। एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजनका तर्फबाट मार्केटिङ हेड गौरी दाहालले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

बुधबार खेलको पूर्व सन्ध्यामा बोल्दै अब्दुल्लाह अलमुताइरीअलमुताइरीले कुवेतमा खेल्न दुवै टिमलाई मौसमका कारण कठिन हुने बताएका छन् । उनले इराकविरुद्ध खेलमा हार बेहोरेपनि धेरै सकारात्मक पक्ष रहेको बताउदै ताइपेइविरुद्ध टोली जितको लक्ष्य लिएर नै उत्रने बताए ।

नेपाल र ताइपेईबीच अहिलेसम्म दुई पटक प्रतिस्पर्धा भएको छ। दुई मध्ये एक खेलमा जित र एक खेलमा बराबरीमा रोकिएको नेपाल ताइपेईविरुद्ध अपराजित छ। नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । जसमा आज चाइनिज ताइपेइविरुद्ध खेल्दै छ भने जुन ७ मा जोर्डनविरुद्ध र जुन ११ मा अष्ट्रेलियाविरुद्ध खेल्नेछ ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
2
+1
2
+1
2
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *