कनवेको शतकमा न्युजिल्याण्डको शानदार सुरुवात

क्रिकेट

एजेन्सी। डेभोन कोनवेको शतकप्रेरित न्युजिल्यान्डले इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टमा बलियो सुरुवात गरेको छ। लडर्समा पहिलो दिन सकिँदा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्ड २४६/३ को स्थितिमा छ।

न्युजिल्यान्डका कोनवे १३६ तथा हेनरी निकोलस ४६ रन बनाएर क्रिजमा छन्। केन विलियम्सन १३,टम लाथम २३ र रोस टेलर १४ रन बनाएर पवेलियन फर्किए। इङ्ल्यान्डका ओली रोबिन्सनले दुई र जेम्स एन्डरसनले एक विकेट लिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0