फिफा वरियतामा नेपाल १७०औँ स्थानमा यथावत

फुटबल

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो ।

दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०८औं स्थानमा रहँदा माल्दिभ्स १५५औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । भुटान १८९औं स्थानमा छ भने बङ्गलादेश १८७औं स्थानमा छ । त्यसैगरी पाकिस्तान २००औं स्थानमा रहँदा श्रीलङ्का २०६औं स्थानमा रहेको छ ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *