नेपाल भर्सेज चाईनिज ताईपे : ‘हेड टु हेड’ मा ताईपे भन्दा नेपाल अगाडि

फुटबल

काठमाडौँ । फिफा विश्वकप र एसिया कपको लागि दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेविरुद्ध खेल्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा नेपाल र ताईपबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । ताइपेविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर भने अझै बाँकी रहेको छ । समूह ’बी’ मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपेइ ५ खेलबाट अंक विहीन हुदै तालिकाको पुछारमा छ ।

‘हेड टु हेड’

अहिलेसम्म चाइनिज ताइपेइसँग खेलेका दुई खेलमा नेपाल अपराजित छ । नेपालले विश्वकप छनोटको खेलमा चाइनिज ताइपेईलाई हराएको थियो भने एक मैत्रीपूर्ण खेलमा बराबरीको नतिजा निकालेको थियो ।

नेपालले पहिलो पटक ६ जुन २०१९ मा ताइपेईसँग खेलेको थियो। नेपाल र चाइनिज ताइपेई पहिलो पटक भिड्दा अभिषेक रिजालले डेब्यु गोल गरेका थिए । नेपालले तीन महिनापछि ताइपेईसँग दोस्रो खेल खेल्यो। २०१९ मा भएको विश्वकप छनोटमा नेपालले जित्दा अन्जन विष्टले दुवै गोल गरेका थिए । अहिले दुवै जना नेपाली टोलीसँगै कुवेतमा छन् ।

छनोट चरणमा पाँच खेल खेल्दा नेपालले जितेको एक मात्र खेल चाइनिज ताइपेइविरुद्ध नै हो । चाइनिज ताइपेई विरुद्ध खेलेका १० खेलाडी अहिले पनि नेपाली टिममा छन् । फिफा वरीयतामा चाइनिज ताइपेई नेपालभन्दा ३० स्थान माथि छ । फिफाले पछिल्लो पटक जारी गरेको वरीयतामा नेपाल १७१ औं स्थानमा छ । चाइनिज ताइपेई १४१ औं स्थानमा छ ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *