चाईनिज ताईपेबिरुद्ध स्पष्ट जितको लक्ष्यसहित केहिबेरमा मैदानमा उत्रिदै नेपाली टिम

फुटबल

काठमाडौँ : फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । ताइपेइविरुद्ध मैदान उत्रदा नेपाल स्पष्ट जितको खोजिमा हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेइविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् ।

नेपालले ताइपेइविरुद्धको खेलमा गोलविहीन हुनपरेको छैन । बिहीबारको खेलमा पनि यसले निरन्तरता पाउने अपेक्षा गर्न सकिन्छ । युवा टोली लिएर कुवेत पुगेका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यो खेल नेपालले आफ्नो पक्षमा पार्ने विश्वास लिएका छन् ।

आफूभन्दा बलियो इराकसँग मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको नेपाली टोली ताइपेइविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रिने छ । इराकसँग ६-२ ले पराजित भए पनि नेपालले सुधारिएको प्रदर्शन गरेको थियो ।

चाइनिज ताइपेइविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताइपेइ अहिलेसम्म दुई पटक भिडेका छन् । पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० ले खेल जितेको थियो ।

विश्वकप छनोटमा ५ खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराउनुबाहेक बाँकी सबै टोलीसँग पराजित भएको थियो । कुवेतसँग पहिलो खेलमा ७–० को हार बेहोरेको नेपालले अर्को खेल १–० ले गुमाएको थियो । अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को हार बेहोरेको थियो ।

४ खेलबाट शत प्रतिशत जितसहित १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *