नेपाल र चाइनिज ताइपेई बिचको फुटबल खेल सुरु ( हेर्नुस लाईभ )

फुटबल

काठमाडौं । विश्वकप र एसिया छनोट अन्तर्गत आज हुने चाइनिज ताइपेई विरुद्धको खेल सुरु भएको छ । शनिबार नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको टिममा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २ परिवर्तन गरेका छन् । मनिष डाँगी र नवयुग श्रेष्ठ आज पहिलो रोजाईमा छैनन् र उनीहरुको स्थानमा आशिष लामा र सुनील बल छनोट भएका छन् ।

इराकविरुद्ध अग्रपंक्तिमा खेलेका सुमन बिहीबार पुजन उपरकोटीसंगै मिडफिल्डमा छन् । अग्रपंक्तिका सुनील र आशिषसंगै अन्जन विष्ट छन् । गोलकिपरमा किरण चेम्जोङ तथा डिफेण्डरमा रोहित चन्द, अनन्त तामाङ, सुमन अर्याल र गौतम श्रेष्ठ छन् । हेर्नुस लाईभ

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *