पहिलो हाफमा नेपालको शानदार प्रदर्शन, अन्जनको गोलमा नेपालको अग्रता

फुटबल

काठमाडौं। कुवेतको कुवेती सिटीमा जारी फिफा विश्वकपक तथा एसियन कपको छनौट खेलमा चाइनिज ताइपेविरुद्ध नेपालले शुरुआाती अग्रता लिएको छ। खेलको शुरुमै नेपालले गोल गरेको हो। नेपालका लागि स्ट्राइकर अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।

कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको तेस्रो मिनेटमा मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रि(किकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टि एरियामा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो। सोही अवसरलाई सदुपयोग गर्दै नेपालले गोल गरेको हो। चाइनिज ताइपेसँगको यसअघिको खेलमा पनि नेपालले जित हात पारेको थियो।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *