विश्वकप आयोजक राष्ट्र कतारसँग भारतको हार

फुटबल

काठमाडौं, जेठ २१ : विश्वकप छनोट अन्तर्गत बिहीबार राति भएका खेलमा समूह ‘ई’ मा रहेको भारत पराजित भएको छ। विश्वकप आयोजक राष्ट्र कतारले भारतविरुद्ध १–० को जित निकालेको छ।

खेलको ३३ औं मिनेटमा कतारका अब्देलाजिजले गोल गरेका थिए। १७औं मिनेटमा भारत १० खेलाडीमा समेटिएर खेल्नुपरेको थियो । दोस्रो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि कतारले भारतमाथि १–० को जित निकालेको हो।

यो हारसँगै भारत समूह ‘ई’ को चौथो स्थानमा खस्किएको छ। यो समूहमा कतारले १९, ओमानले १२, अफगानस्तिानले ५ र बंगलादेशले ३ अंक जोडेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
2
+1
40
+1
1
+1
5
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *