‘ताइपेईविरुद्धको जित अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई समर्पित’ : प्रशिक्षक अल्मुताइरी

फुटबल

काठमाडौं, जेठ २१ : फिफा विश्वकप–२०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । बिहीबार कुवेतको सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो ।

नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यो जित जित कोभिड–१९ विरुद्ध खटिएका नेपालका अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूप्रति समर्पित गरेका छन् । अल्मुताइरीले भर्चुअल पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘यो जित नेपाली समर्थकका लागि हो । विशेषगरि अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीका लागि । वहाँहरुले मिहिनेत गरेकै कारण हाम्रो खेलाडीले पनि यहाँसम्म आउन सके,’ ।

प्रशिक्षक अलमुताइरीले अञ्जनको पहिलो गोलले खेल नियन्त्रणमा राख्न मद्दत पुगेको बताए । खेलाडी र सम्पूर्ण कोचिङ स्टाफको कडा परिश्रमका कारण जित सम्भव भएको उनको भनाइ छ । मुताइरीले एएफसी एशियाली क्वालिफायर छनोटका लागि ताइपेविरुद्धको खेल जित्नु नेपालका लागि महत्त्वपूर्ण भएको बताए । उनले भने, ‘यो केवल सुरुवात हो, हामीसँग दुई खेलहरू अझै बाँकी छन् ।’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged