मेस्सीले गोल गरेपनी चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना

फुटबल

काठमाडौं, जेठ २१ : फिफा विश्वकप दक्षिण अन्तर्गत अमेरिका छनोट खेलमा अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरी खेलेको हो ।

सान्टियागोमा भएको खेलमा अग्रता भने अर्जेटिनाले बनाएको थियो । खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लाउटारो मार्टिनेजलाई चिलीका मारिपनले लडाएपछि पेनाल्टी दिइएको थियो।

३६ औं मिनेटमा कुनै समय बार्सिलोनामा मेस्सीका टिममेट रहेका एलेक्सिस सान्चेजले गोल गर्दै चिलीलाई हारबाट जोगाए । यो बराबरीले अर्जेन्टिनालाई छनोट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिने अवसर गुमेको छ । अर्जेन्टिना ५ खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा छ । चिली ५ अंक जोडेर छैटौं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
2
+1
0
+1
0
+1
0
Tagged