तेस्रो वनडेमा कोहलीले बनाए किर्तिमान

क्रिकेट

काठमाडौं । टीम इंडियाले अष्ट्रेलिया बिरुद्धको शृंखला गुमाईसकेको छ तर कप्तान विराट कोहलीले बुधवार तेस्रो एकदिवसीय खेलमा एउटा गजबको रेकर्ड बनाएका छन्। यो म्याचमा २३ रन बनाएपछि कोहलीले सचिन तेन्दुलकरलाई पछि पार्दै सबैभन्दा छिटो १२ हजार रनको कीर्तिमान बनाए।

सचिनले १२ हजार रन बनाउन ३०९ खेल खेलेका थिए तर कोहलीले सचिन भन्दा ५८ खेल अगाडि नै उक्त रेकर्डमा आफ्नो नाम लेखाए । यसअघि वनडेमा सबैभन्दा छिटो १० हजारको रन बनाउने रेकर्ड पनि कोहलीले नै तोडेका थिए । अष्ट्रेलियाबिरुद्धको तेस्रो वनडे अगाडि कोहलीले २५० वनडेमा लगभग ६० को अौसतमा ११,९७७ रन बनाएका थिए ।

यदि कोहलीले यो खेलमा शतक बनाए भने उनी अष्ट्रेलियाको रिकी पोन्टिङ रेकर्ड बराबर हुनेछ। पोन्टिले अहिलेसम्म ७१ वटा अन्तर्राष्ट्रिय शतकहरू बनाएका छन्। त्यस्तै, कोहली ७० शतकका साथ तेर्सो नम्बरमा छन्। सर्वाधिक अन्तर्राष्ट्रिय शतकको किर्तिमान पनि सचिन तेन्दुलकरको नाम छ।

कोहली १२ हजारको क्लबमा सामेल हुने दोस्रो भारतीय हुन्
यस अघि, कोहलीले पनि एकदिवसीयमा ८ हजार ९ हजार १०,००० रन र ११,००० रनको रेकर्ड पनि बनाएका थिए ।
एकदिवसीय क्रिकेटमा कोहली १२ हजारको क्लबमा सामेल हुने दोस्रो भारतीय पनि बने।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0