पीएसएलका बाँकी खेलहरु जुन ९ बाट युएईमा सुरु हुने

क्रिकेट

काठमाडौं । कोरोना महामारीका कारण रोकिएका पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटका बाँकी खेलहरु यही जुन ९ बाट सुरु हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले बिहीबार पिएसएल क्रिकेटको बाँकी खेलहरु जुन ९ देखि युएईमा हुने जनाएको हो ।

प्रतियोगितामा अबको पहिलो खेलमा लाहोर क्वालान्दर्स र इस्लामावाद युनाईटेडले खेल्नेछन् । युएईको अबुधाबीमा आयोजना हुने पीएसएलको फाइनल खेल जुन २४ गते हुनेछ ।

फ्रेन्चाइज टिमले बाँकी रहेका खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पिसिबीले युएईसँग पिएसएलका बाँकी खेल आयोजना गर्नका लागि प्रस्ताव गरेको हो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged