वनडे र टि-२० बिश्वकपमा संख्या बढ्नुको मतलब के ? नेपाललाई कति फाईदा ?

क्रिकेट

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी हुने टिमको सङ्ख्या बढाएको छ ।आईसीसीले एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिम र टी–ट्वान्टी विश्वकपमा २० टिमले सहभागिता जनाउन पाउने निर्णय गरेको हो । आईसीसीले एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको छ । आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

यसअघि, एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आइरहेका थिए । एकदिवसीय विश्वकपमा १४ टोली भएसँगै दुई समूहमा विभाजन गरिने छ । जसमा सात–सात टोली हुनेछन् । हरेक शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सेमिफाइनल हुँदै फाइनल हुने आइसिसीले जनाएको छ । जुन आइसिसीले २००३ मा यसै आधारमा विश्वकप गराएको थियो ।

त्यस्तै, टी–ट्वान्टी विश्वकपको टिमको संख्या पनि बढाएर २० टिम बनाइएको छ । यसअघि, टी–ट्वान्टी विश्वकपमा १६ टिमले मात्र प्रतिस्पर्धा गर्दै आइरहेका थिए । यसले नेपाललाई पनि टि–२० विश्वकप खेल्न सहज बनाउने छ । टि–२० विश्वकपमा भने चार समूह विभाजन गरिने छ । हरेक समूहबाट शीर्ष दुई टोली सुपर–८ स्थान बनाउने छन् ।

जसबाट सेमिफाइनल र फाइनल हुनेछ । आईसीसीले २०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । त्यस्तै, सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी–ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णयसमेत आईसीसीले गरेको छ ।त्यसैगरी, च्याम्पियन्स ट्रफी पनि पुनः हुने भएको छ । सन् २०१७ देखि च्याम्पियन्स ट्रफी भएको छैन ।

च्याम्पियन्स ट्रफी भने आठ देशले नै खेल्नेछन् । एक समूहमा चार–चार देश नै हुनेछन् । त्यस्तै, टेस्ट च्याम्पियनसीप फाइनल २०२५, २०२७, २०२९ र २०३१ मा हुनेछ । टि–२० विश्वकप भने दुई–दुई वर्षको अन्तरालमा हुनेछ । त्यस्तै, ओडिआई विश्वकप प्रत्येक चार वर्षको अन्तरमा हुनेछ ।

च्याम्पियन्स ट्रफी पनि चार वर्षको अन्तरालमा नै हुनेछ ।टि–२० विश्वकप २०२१ युएईमा हुने लगभग निश्चित भइसकेको छ । जसमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । २०२२ मा अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा पनि १६ टोलीले नै खेल्ने छन् । २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपमा भने १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको कति सम्भावना ?

नेपालले सन् २०१४ मा पहिलो पटक टी२० विश्वकप खेलेको थियो । तर त्यसयता टी२० विश्वकपमा छनोट हुन सकेको छैन । एकदिवसीय विश्वकपमा भने नेपाल हालसम्म छनोट भएको छैन ।

सन् २०२२ को टी२० विश्वकपका लागि नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ भने एकदिवसिय विश्वकप छनोटका लागि नेपालले आइसिसी विश्वकप लिग–२ खेलिरहेको छ । विश्वकप लिग २ मा ७ टोलीबीच २०२३ सम्म प्रतिस्पर्धा हुँदा शीर्ष तीनमा पर्न सके ग्लोबल क्वालिफायरमा सिधैं मौका पाउने छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0