पेरुविरुद्धको कोलम्बियाको सानदार जित

फुटबल

काठमाडौं । विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट अन्तर्गत पाँचौ चरणको खेलमा कोलम्बियाले १० खेलाडीमा सिमित पेरुलाई ३-० गोल अन्तरले पराजित गरेको छ । दुवै टोलीले दश खेलाडीमा रहेर खेलको अन्त्य गर्दा कोलम्बियाले पेरुलाई उसैको मैदानमा सहजै पराजित गरेको हो ।

पेरुको घरेलु मैदानमा कोलम्बियालाई जित दिलाउन माटिउस उरिबेले दुई गोल गरे । यस्तै डूभान जापटाले एक गोल गरे । खेलको ४०औं मिनेटमा यारी मिनाले डुभान जापटाको पासमा गोल गर्दै कोलम्बियालाईअग्रता दिलाएका थिए । ४९औँ मिनेटमा जोन मेडिनाको पासलाई सदुपयोग गर्दै उरिबले अग्रता दोब्बर बनाए । ५५औँ मिनेटमा डियाजले गोल गरेपछि कोलम्बियाले सहज जित दर्ता गरेको हो ।

छनोटमा दोस्रो जित हात पारेको कोलम्बिया ५ खेलबाट ७ अंक जोडेर छैटौँ स्थानमा उक्लेको छ । पाराग्वे र उरुग्वेसँग समान अंक रहेपनि कोलम्बिया गोल अन्तरमा पछि परेको हो । उता छनोटमा अहिलेसम्म जितिविहन रहेको पेरु भने १ अंकसहित दशौं अर्थात अन्तिम स्थानमा छ । पेरुको यो चौथो हार हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0