‘नयाँ कोचले भने अनुसार खेल्दा गोल गर्न सफल भए’ : अन्जन बिष्ट ( भिडियो सहित )

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा विश्वकप फुटबल तथा एसिया कपका लागि भएको छनोट खेलमा सहज जित निकाल्यो । बिहीबार राति नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गर्‍यो । बिहीबारको खेलमा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए । अन्जनले खेलको चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए भने नवयुगले ८२औँ मिनेटमा गोल गरेका थिए ।

हिजो खेलमा नेपालको लागि पहिलो गोल गर्ने अनवन बिष्टले खेल सुरु भन्दा अगाडि नै जित्ने लक्ष्य सहित मैदानमा उत्रिएको बताएका छन् । ‘ हिजो जित्ने लक्ष्य थियो। प्रशिक्षकले बनाएको रणनीतिअनुसार खेल्न पनि सफल भयौं। मैदान छिरेपछि जित्नका लागि खेल्छौं। जित्ने हो भने गोल त हान्नु पर्छ। हिजो मैले हाने अरु बेला अरुले हान्छ। अन्जनले भने ।

मुख्य लक्ष्य भनेको जित्ने थियो, हामी जित्न सफल भएका छौं। प्रशिक्षकले जे भन्नु हुन्छ हामी सबैले त्यहीँ गर्‍यौं। अब जोर्डन र अस्ट्रेलिया राम्रा टिम हुन्। त्यसका लागि हामी स्टेप बाइ स्टेप गइरहेका छौं। हामी अन्त्यसम्म लड्नेछौं। एन्फाले जारी गरेको भिडियोमा अन्जनले भनेका छन् ।

साथै नेपाली कप्तान तथा गोलकिपर किरण कुमार चेम्जोङले नयाँ प्रशिक्षम आएपछि नेपाली टिमल नयाँ अनुभज गर्न पाएको बताएका छन् । ‘नयाँ प्रशिक्षक आएपछि हामीले नयाँ फुटबल अनुभव गर्न पाएका छौं। सबै खेलाडीको आत्मविश्वास एकदमै बढेको जस्तो लाग्छ। प्रशिक्षकले नयाँ वातावरण बनाउनु भएको छ।

नयाँ खेलाडीले पनि इराकसँगको मैत्रीपूर्ण खेलमा राम्रो खेलेका थिए। हिजोको खेलमा त्यो निरन्तरता भयो। हामी खुसी छौं। तर अझै पुगेको छैन। हामीसँग अब दुई खेल बाँकी छ। ती खेलका लागि हामी अगाडि बन्नेछौं। किरणले भने ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
8
+1
5
+1
2
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *